ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोल नयाँबस्तीमा एक युवकको हत्या भएको छ ।
रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सुमन रसाइलीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । सुमनले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा रिपकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बहिनीलाई जिस्क्याएको विवादमा झगडा हुँदा हत्या भएको प्रहरीले जनाएको छ।