एसियाली फुटबल महासंघ (एएफसी) महिला एसियन कप–२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ।
महासंघले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो। नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।
समूह ‘एफ’को छनोट खेल आगामी जुनमा उज्वेकिस्तानमा हुनेछ। नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलोपटक एसिया कप खेल्नेछ।
एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ। जसमा हरेक समूहको विजेताले सन् २०२६ मार्चमा अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछन्।