सरकारको निर्णयविरुद्ध कुलमानको रिट दर्ता [पूर्णपाठसहित]

बिहिबार, १४ चैत, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाउने सरकारको निर्णय बदर गर्न माग गर्दै कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

घिसिङले वारेसमार्फत बुधबार पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, विद्युत् प्राधिकरणको सञ्चालक समिति र हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाइएको छ।

करिब चार महिना कार्यकाल बाँकी छँदै सरकारले गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

‘...प्रत्यर्थी नं ५ लाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण कामकारबाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि ४ वर्षको अवधिअगावै सेवावाट हटाउने कार्य नगर्नू र सेवामा रही नियमित कामकाज गर्न नरोक्नू, नरोकाउनू, कुनै वाधा व्यवधान नगरी यथावत् काम कारबाही गर्न दिनू भनी परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ,’ रिटमा भनिएको छ।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ।

यस्ताे छ रिट निवेदनकाे पूर्णपाठ :

सुझावित समाचार