प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

बिहिबार, १४ चैत, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजे बस्ने गरी समय निर्धारण गरिएको छ। बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्ने गरी निर्धारण गरेका हुन् । 

‘प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरेको व्यहोरा सांसहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
 

सुझावित समाचार