परिसंघ युवा उद्यमी मञ्चको लुम्बिनी च्याप्टर गठन

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रमबिच अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी च्याप्टर शुभारम्भ गरे ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले गतिशील समय र तीव्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए ।

उनले औसत काम गरेर बस्ने सुविधा नभएको भन्दै सरकारले कानुन र नीतिमा सुधार गरेर सुधारका काम गरेको बताए । देशमा व्यवसाय अनुकूलको वातावरण बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरूलाई उद्यमशील बनाउन नीतिबाटै सहजीकरण र प्रोत्साहन आवश्यक रहेको बताए । परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजूसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् । 

See More On

सुझावित समाचार