ग्वार्को फ्लाइओभरमा दबेको भागका प्यानलहरू झिकेर पुनः जडान गरिँदै छ । फ्लाइओभर निर्माणका क्रममा सातदोबाटोतर्फको एक भागमा प्यानलबिचको ज्वाइन्ट ग्याप बढेको थियो ।
सो खण्डको करिब ४० मिटर क्षेत्रका सबै प्यानल झिकेर पुनः जडान गर्ने कार्य निर्माण व्यवसायीको आफ्नै खर्चमा गरिरहेको सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
डिजाइनमा पूर्वानुमान गरेअनुरूप धेरै स्थानमा माटो समान रूपमा दबेको तर सातदोबाटोतर्फको एक भागमा भने असमान रूपले दब्दा प्यानल ४–५ बिचको ज्वाइन्ट ग्याप बढेको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
ग्वार्को फ्लाइओभर निर्माण इपिसी मोडेलमा भएकाले डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीको हुने विभागले जनाएको छ ।