जिसस प्रमुख थुनामा परेपछि विश्व युवा सम्मेलन स्थगित

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम थुनामा परेपछि बिहीबारदेखि धुलिखेलमा हुन लागेको विश्व युवा सम्मेलन महोत्सव स्थगित भएको छ। जिससले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा कार्यक्रम आयोजना गर्न लागेको  थियो। सम्मेलनमा विभिन्न देशबाट युवाहरू आएका थिए।  

कार्यक्रमको अघिल्लो दिन गौतम चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त वानेश्वरले थुनामा राखी कारबाही अघि बढाएको छ। उनले एक व्यक्तिलाई सात लाखको चेक दिएकोमा नसाटिएपछि ती व्यक्ति प्रहरीमा पुगेका हुन्। पक्राउ परेपछि गौतमले पैसा तिर्ने बताएका छन्। जसअनुसार बिहीबार मिलापत्र भएर उनी छुट्ने सम्भावना छ। तर, अन्य व्यक्तिले पनि चेक बाउन्स मुद्दा दर्ता गर्ने सम्भावना रहेको बताइन्छ। 

गौतम नेकपा(एकीकृत समाजवादी)का नेता हुन्। 
 

सुझावित समाचार