सिजी मोटर्सले नेपालकै पहिलो प्योर इलेक्ट्रिक फोर ह्विलर पिअकप रिदारा आरडी–६ सार्वजनिक गरेको छ । कम्पनीले फर्पिङमा ट्र्याक एड्भेन्चर ड्राइभर गरेर उक्त पिकअप सार्वजनिक गरेको हो । सोही कार्यक्रममा १० वटा रिदारा पनि बुकिङ भएको कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको पिकअपले नयाँ स्तर स्थापित गरेको कम्पनीको भनाइ छ । यसमा चार सय २४ किमिको रेन्ज र ७३ किलोवाट क्षमताको ब्याट्री रहेको छ ।
नेपालको सडक सुहाउँदो पिकअपमा सात फरक–फरक ड्राइभिङ मोड स्यान्ड, मड, अफरोड, वाडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट उपलब्ध छन् । रिदाराको प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार तोकिएको छ । यसले उत्कृष्ट विशेषता र वातावरणमैत्री प्रविधिलाई मूल्यवान् बनाउने बताइएको छ ।