सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत गरेको छ।
कामु सचिवका रूपमा कार्यरत वीरेन्द्रकुमार यादवको सचिवमा बढुवामा भएको छ।
यस्ता छन् निर्णयहरू-



