नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रस्थित कार्यालय प्रमुखकाे कार्यकक्ष तोडफोड भएको छ। आज मंगलबार बिहान ३०–४० जनाको समूहले प्रमुखको कार्यकक्ष तोडफोड गरी प्रमुखलाई कुटपिट गरेको वितरण केन्द्रले जनाएको छ।
यसअघि उक्त कार्यालयको डिजिटल सूचना बोर्ड ह्याक भएको थियो, जसमा प्रधानमन्त्री केपी ओलीलक्षित गरी गाली गरिएको थियो। उक्त घटनाको छानबिन र कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने क्रममा उक्त समूहले तोडफोड र कुटपिट गरेको वितरण केन्द्रले जनाएको छ।
वितरण केन्द्रले विज्ञप्तिमार्फत भनेको छ, ‘बिहान १० बजे ३५–४० जनाको ठुलो दस्ता आई कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको हुँदा सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत् प्रधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्ने दस्तामाथि कानुनबमोजिम हदैसम्मको सजायको व्यवस्था माग गर्दै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार हार्दिक अपिल गर्दछौँ।’
