कांग्रेस, एमाले र माओवादी राजा ल्याउने षड्यन्त्र गर्दै छन् : सिके राउत

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष सिके राउतले कांग्रेस, एमाले र माओवादीले राजा ल्याउने षड्यन्त्र गरिरहेको आशंका उब्जिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आशंका गरेका हुन् । राउतले लेखेका छन्, ‘मलाई मात्रै यस्तो लागेको हाेइन होला, संवेदनशील भएर जानुपर्नेमा  देशमा लोकप्रिय रहेका/भइरहेका सबैमाथि एक–एक गरी हमला गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले नै ‘बर्डेन सिफ्टिङ’का लागि राजा ल्याउने गरी माहोल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ?’

उनले चैत १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको आरोप लगाए । त्यस्तै, कुलमान घिसिङलाई बर्खास्त गरेको, रास्वपा सभापति  रवि लामिछाने  र रास्वपालाई अदालतमै बाँधिदिएको, पूर्वराजालाई पक्राउ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको आरोप लगाए ।  

बालेनलाई भित्तामा पुर्याउने गरी चिढ्याएको, मधेश र थरुहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन सरकार लागिपरेको उल्लेख गरे ।  

सुझावित समाचार