‘ग्लोबल मनी विक’मा सिटिजन्स बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विकमा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने मूल नाराका साथ चैत ४ देखि सुरु भएको कार्यक्रम १० गते सम्पन्न भएको हो।

ग्लोबल मनी विकअन्तर्गत बैंकले कोशी प्रदेशको भोजपुर, महेन्द्रचोक विराटनगर, बिर्तामोड, इटहरी, कर्सिया र सहिदभूमि, मधेश प्रदेशको  वीरगन्ज, निजगढ, बोदेबर्साइन र जनकपुर, बागमती प्रदेशको भरतपुर, भैँसेपाटी, मनहरी, मंगलपुर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपुरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा कार्यक्रम गरेको हो।

यसैगरी, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बागलुङ, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपुर, जितपुर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपुर र सुख्खानगर, कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिीय साक्षरताका कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वबारे विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ। यससँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमबारे समेत जानकारी गराइएको थियो।

सुझावित समाचार