ग्लोबल मनी विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चैत्र ४ देखि १० गतेसम्म सातै प्रदेशमा उक्त कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो।

उक्त कार्यक्रमहरू कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (विराटनगर) र दमक, मधेश प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहपुर, जनकपुर, हरिवन र सिमरा, बागमती प्रदेशको दरबारमार्ग, न्युरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौँडा, गण्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरामा कार्यक्रम आयोजना गरिएको थियो।

त्यसैगरी, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढी, शिवनाथ, अत्तरिया, गन्यापधुरा र महेन्द्रनगरलगायतका स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। सबै स्थानमा सञ्चालित कार्यक्रममा गरी पन्ध्र सयभन्दा बढी बालबालिका तथा विद्यार्थीको सहभागिता रहेको बैंकले जनाएको छ।

सुझावित समाचार