तीन करोडमा प्रहरी चौकीको सुविधासम्पन्न भवन निर्माण

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका– २ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको छ ।  दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।  

०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले यसअघि साबिक खार्पा गाउँ विकास समिति  (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । नवनिर्मित भवनमा साना–ठुलो गरी ११  कोठा छन् । साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास तथा मनाेरञ्जन हल निर्माण गरिएको छ ।  

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन  गरे । सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ छ । 
 

सुझावित समाचार