ईशान हस्पिटलले मानसिक तथा शारीरिक अपांगता भएका बालबालिकाको उपचार गर्ने उद्देश्यले ‘मल्टी डिसिपिनरी क्लिनिक’ सञ्चालनमा ल्याएको छ । क्लिनिक उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले ईशान बाल तथा महिला अस्पताल १० वर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने दाबी गरे ।
त्यसैगरी, अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामानन्द चौधरीले जन्मेदेखि १८ वर्षसम्मका बालबालिकाको सबै खालको रोगको उपचार सेवा सुरु गरेको बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, निजी अस्पताल संघका अध्यक्ष डा. पदमबहादुर खड्कालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।