काठमाडौं महानगरपालिकाका १८ जना वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।
आइतबार मेयर बालेन शाहलाई भेटेर नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूसहित बहुमत कार्यपालिका सदस्यहरूले बैठक बोलाउन माग गरेका हुन्। वडा नं १७ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गरिएको कारबाही प्रक्रियाको जानकारीसमेत माग गरेको छ।
वडा नम्बर १२ का वडाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित ज्ञापनपत्र पठाइएको वडा नं ८ का अध्यक्ष आशामान संगतले जानकारी दिए।