इतिहासमा आज

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

सन् १९४० :  मुस्लिम लिगको लाहोरमा बसेको बैठकले तत्कालीन ब्रिटिस भारतभित्र मुस्लिमबहुल क्षेत्रलाई समेटेर अलग मुस्लिम देश बनाउनुपर्ने माग गर्ने चर्चित ‘लाहोर प्रस्ताव’ अनुमोदन गर्यो ।

सन् १८३९ :  अंग्रेजी भाषामा हाल निकै लोकप्रिय हुने ‘ओके (ओल करेक्ट)’ पदावलीको पहिलो रेकर्डेड प्रयोग आजको दिन बोस्टन मर्निङ पोस्टमा छापिएको थियो ।

सन् १९१९ :  रुसी कम्युनिस्ट पार्टीले पाँच सदस्यीय पोलिटब्युरो पुनः ब्युँतायो । प्रारम्भिक पाँच सदस्य भ्लादिमिर लेनिन, लियोन ट्राटस्की, जोसेफ स्टालिन, लेभ कामेनेभ र निकालाई क्रेस्टिन्स्की थिए ।

सन् १९१९ :  बेनितो मुसोलिनीले इटलीको मिलानमा घोर दक्षिणपन्थी फासीवादी आन्दोलन सुरु गरे ।

सन् १९३१ :  भारतीय स्वतन्त्रता सेनानी भगत सिंह उनका साथीहरू सिसराम राजगुरु र सुकदेव थापरसँगै झुड्याइए ।

सन् १९३३ :  जर्मन संसद् रेइचस्ट्यागले देशका चान्सलर एडोल्फ हिटलरलाई सम्पूर्ण अधिकार (अधिनायकवादी अधिकारसमेत) प्रदान गर्यो ।

सन् १९८० :  निकारागुआद्वारा राष्ट्रिय साक्षरता युद्ध (अभियान) घोषणा । अभियानकै कारण पाँच महिनाभित्र देशको निरक्षर जनसंख्याको दर ५० प्रतिशतबाट १२ प्रतिशतमा झर्यो ।
 

सुझावित समाचार