वीरगन्जका वडाध्यक्षमाथि कुटपिटमा संलग्न दुई प्रहरीसहित सातजनाविरुद्ध जाहेरी दर्ता

शनिबार, ९ चैत, २०८१
डिजिटल संस्करण

पर्साको वीरगन्ज महानगरपालिका- २५ का वडाध्यक्षमाथि कुटपिटको घटनामा दुई प्रहरीसहित सातजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ। वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि एक भोजमा निर्घात कुटपिट भएको थियो। 

गत २९ फागुनको राति डायमन्ड पार्टी प्यालेसमा उनीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न वरिष्ठ सइ सागरशमशेर जबरा तथा प्रहरी जवान दीपेश क्षेत्रीलगायतविरुद्ध जाहेरी दर्ता भएको थियो। त्यस्तै, वीरगन्जकै वडा नम्बर १० का अध्यक्ष सुशील साह कानुविरुद्धसमेत किटानी जाहेरी दर्ता भएको छ। 

पर्साका एसपी गौतम मिश्रले सो घटनामा ज्यान मार्ने उद्योग कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको बताएका छन्। 

कुटपिटको भिडियोः 

सुझावित समाचार