संघीयतालाई सुदृढ गराउनुपर्छ : नारायणकाजी श्रेष्ठ

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयतालाई सवै मिलेर सुदृढ गराउनुपर्ने बताएका छन । संघियताको पक्षधर रहेका सवै राजनितिकदलहरू एकैठाउँमा भएर यसलाई सुदृढ र सवल बनाउनुपर्नेमा उनले जोड दिएका छन् । 

बागलुुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले देशमा संघीयता धेरै सोच र विचारका साथ लागू गरिएको र यसलाई संस्थागत गराउन अहिलेको आवश्यक रहेको बताए । उनले तीन तहको संरचना संविधानबाट अधिकार दिने गरी तयार भएको र आफ्नो अधिकार अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

‘नेपालका सन्दर्भमा संघीयताको कुराकानी गर्दा धेरै सोच विकास र संघर्ष मार्फत ल्याएका हौं , श्रेष्ठले भने तीन तहकै सरकारका अधिकारका बारेमा संविधानमा उल्लेख गरेर संरचना निर्माण तयार पारिएको छ । त्यसो गर्न हुँदैन भन्दै यहाँ धेरै संघर्ष पनि भए । स्थानीय तहलाई प्रदेश सरकारमातहत सञ्चालन गर्ने कुरा पनि भएका थिए ।

संघीयता पक्षधर दलहरुनै मिलेर स्थानीय सरकारलाई बलियो सरकार बनाउनका निम्ति नयाँ मोडलको संघीयताको व्यवस्थापन गरेका हौँ।’ उनले संघीयताको विपक्षमा रहेका केही तत्वहरुले अहिले पनि तीन तहको संरचनाको विरोध गरिरहेको बताए ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले पछिल्लो समयमा बजेट विनियोजन न्यायिक ढंगले व्यस्थापन हुन नसकेका गुनासो गरे। उनले बजेट तीन तहकै सरकारमा समान हिसाबले व्यवस्थापन गर्न केन्द्र सरकारले जोड दिनुपर्ने बताए ।  

श्रेष्ठले बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले राखेका विकास निर्माणको कुरामा आफ्नो पार्टीको तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए। श्रेष्ठले शनिबार नै नेकपा माओवादी केन्द्र बागलुङले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधनसमेत गरेका छन ।

सुझावित समाचार