नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको घोषणा गरेको छ।
नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ। मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो।
आतंककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ। सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएकोे छ।
मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समूह वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो।