प्रजनन केन्द्रमा रिमझिमकलीले पायो छावा

शनिबार, ९ चैत, २०८१
डिजिटल संस्करण

खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएको छ। गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएको केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने उनले जानकारी दिए। केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन्। हाल प्रजनन केन्द्रमा नौवटा ढोई छन् भने १० वटा छावा छन् । तीमध्ये ६ वटाले तालिम पाइसकेका छन्। तालिम लिएका चार भाले र दुई पोथी हुन्। चारवटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन्।

सुझावित समाचार