सम्झौताको १० महिनापछि पुल निर्माण सुरु

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

भिमाद नगरपालिका– ५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको १० महिनापछि पक्की निर्माण सुरु भएको हो ।

पुल दुई करोड ५९ लाख ५७ हजारमा ०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबिच सम्झौता भएको थियो । ०८२ मंसिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले गरे ।

शृंगपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ । रासस

सुझावित समाचार