मध्यराति सल्यानमा आगलागी हुँदा दुई घर जलेर नष्ट

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

सल्यानमा मध्यरातमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। जिल्लाको कालीमाटी गाउँपालिका– २ खैरीकाँडाका दुई घरमा आगलागी भएको हो। आगलागीबाट ४५ वर्षीय केशवलाल वली  र ५२ वर्षीय  प्रेमबहादुर विकको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

राति १ बजेतिर  वलीको फुसले छाएको कच्ची गोठमा आगलागी हुँदा आजलागीबाट गोठभित्र रहेका एक गोरु, ११ वटा बाख्रा, नौ कुखुरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। आगलागीबाट तीन लाखबराबरको क्षति भएको उनको भनाइ छ। 

यस्तै, सोही आगलागीबाट प्रेमबहादुर विकको घर जलेर नष्ट भएको छ। घर पूर्ण रूपमा जल्दा घरभित्र रहेको नगद १७ हजार रुपैयाँसहित अन्नपात लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको खत्रीको भनाइ छ। आगलागीबाट विकका ६ वटा कुखुरा र दुईवटा हाँससमेत जलेर मरेका छन् । आगलागीबाट तीन लाख ५० हजारबराबरको क्षति भएको उनको भनाइ छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  
 

सुझावित समाचार