मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार विजयी

बुधबार, ६ चैत, २०८१
डिजिटल संस्करण

जिल्लाको एक मात्र स्ववियु मान्यता प्राप्त क्याम्पस सहिद स्मृति बहुमुखी क्याम्पसको मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार सुशील थापा विजयी भएका छन् । अध्यक्ष पदमा भएको मतदानमा अनेरास्ववियुका थापाले २०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका उम्मेदवार विपुल रोकाले १५२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै, अध्यक्ष पदका अर्का प्रत्याशी अख्रिल क्रान्तिकारीका अनोज भुजेलले ६५ मत मात्र प्राप्त गरेका थिए । त्यसैगरी, स्ववियुको सचिव पदमा अनेरास्ववियुका मुकेश भण्डारी १८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका युवराज बुढाथोकीले १६५ मत मात्र प्राप्त गरेका छन् भने अर्का प्रत्याशी अख्रिल क्रान्तिकारीका उम्मेदवार विनिता माझीले ७० मत मात्रै प्राप्त गरेकी थिइन् । 

त्यस्तै, कोषाध्यक्ष पदमा अनेरास्ववियुकै मसली तामाङले २०३ मत प्राप्त गरी विजयी विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघकी छाया तामाङले १३६ मत मात्र प्राप्त गरेकी छिन् भने अख्रिल क्रान्तिकारीका उम्मेदवार रामकुमार श्रेष्ठले ७९ मत मात्रै प्राप्त गरेका थिए । 

अन्य सदस्य पदमा भएको निर्वाचनमा अनेरास्ववियुुका चारजना उम्मेदवार निर्वाचित भएका छन् भने एकजना नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् । यसअघिको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका थिए । मन्थली सहिद बहुमुखी क्याम्पसमा ५३१ जना मतदाता रहेकोमा जम्मा ४२७ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ । 
    
 

सुझावित समाचार