कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बसेको पदाधिकारी बैठकले आगामी १० चैतमा कार्यसम्पादन बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वराजावादीहरूको पछिल्ला गतिविधि र पछिल्लोपटक काठमाडौंमा सम्पन्न प्रदर्शनबारे ‘ब्रिफिङ’ गरेका थिए । उनले शान्तिसुरक्षा नभड्किने गरी जुलुसलाई सहज बनाइदिन सरकारले भूमिका खेलेको जानकारी गराए ।