सल्यानका चार क्याम्पसमा मतदान, तीनमा निर्विरोध

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

स्ववियु निर्वाचनअन्तर्गत सल्यानका सातमध्ये चारवटा क्याम्पसमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस सल्यान बहुमुखी क्याम्पस, शिवजन क्याम्पस, जनकल्याण क्याम्पस र फारुला बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएको हो।

निर्वाचन कार्यालयका अनुसार ६२५ मतदाता रहेको शिवजन क्याम्पस शीतलपाटीमा २९६ मत खसेको छ। यस्तै, ५४१ मतदाता रहेको जनकल्याण क्याम्पस थारमारेमा ३७८, ३३२ मतदाता रहेको सल्यान बहुमुखी क्याम्पस खलंगामा १५८ र २०५ मतदाता रहेको फारुला बहुमुखी क्याम्पस दार्मामा १३० मत खसेको छ। सल्यान बहुमुखी क्याम्पसमा आजै मतगणना हुने भएको छ।

यसअघि तीन क्याम्पसमा निर्विराेध नेतृत्व चयन भइसकेको छ। बनगाड क्याम्पस बनगाडमा अखिल (क्रान्तिकारी)का जीवन विष्ट, शारदा क्याम्पस शंखमूलमा अनेरास्ववियुका विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निर्विराेध निर्वाचित भएका हुन्।

सुझावित समाचार