स्ववियु निर्वाचन : ३८ आंगिक र ३०० सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै मतदान

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण
स्ववियु निर्वाचन : ३८ आंगिक र ३०० सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै मतदान

आरआर कलेज अगाडि निर्वाचनको माग गर्दै विद्यार्थीहरु । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मंगलबार देशभरका ३८ वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै मतदान भएको छ।

६२ वटा आंगिकमध्ये २४ वटा क्याम्पसमा चुनाव नै भएन। जसमध्ये त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, शंकरदेव क्याम्पसलगायत छन्।

ठुला क्याम्पसहरूमा विद्यार्थी संगठनहरूको अवरोधका कारण चुनाव हुन सकेन। मंगलबार चुनाव हुन नसकेका क्याम्पसमा पालैपालो चुनाव गराउने त्रिविले तयारी गरेको छ।

पृथ्वीनारायण क्याम्पस पोखरामा बुधबार चुनाव हुँदै छ। केन्द्रीय क्याम्पस त्रिविमा ८ गते र सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा ९ गतेलाई मतदान तोकिएको छ। अन्य आंगिक क्याम्पसहरूमा पनि पालैपालो चुनाव गर्दै जाने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए।

सुझावित समाचार