नेप्से परिसूचकमा निरन्तर गिरावट

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

यो साताको कारोबारमा लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। अघिल्लो साता पनि लगातार घटेर नेप्से अन्तिम कारोबार दिन केही अंकले बढेको थियो। यो साता पुनः परिसूचक ओरालो लागेको हो।

आज नेप्से परिसूचक ७.६६ अंकले घटेर दुई हजार ६९७.०४ को विन्दुमा कायम भएको छ। आज ३१३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता सेयर ५० हजार आठ सय ३४ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ३४ करोड ६६ लाख ३२ हजारबराबरको कारोबार भएको हो।

आजको कारोबारमा अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह ०.१४, विकास बैंक ०.४२, वित्त ०.१७, होटेल तथा पर्यटन ०.३६, जलविद्युत् ०.१७, लगानी ०.४२ र जीवन बिमा समूह ०.७० प्रतिशतले घटेको हो। 

त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.२३, लघुवित्त ०.३१, म्युचुअल फन्ड ०.३७, निर्जीवन बिमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घटेको छ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घटेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.२१ प्रतिशतले ओरालो लागेको हो।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ३२ करोड ११ लाख १७ हजार ८९२ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको सात लाख ६८ हजार ५४३ कित्ता सेयर किनबेच भएको छ। रासस

सुझावित समाचार