करिब बीस करोड रकमसहित एकजना पक्राउ

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

प्रहरीले  २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका– १ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एकजनालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन । 
 
ना.१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए।
 

See More On

सुझावित समाचार