समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद

मंगलबार, ५ चैत, २०८१
डिजिटल संस्करण

समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोही कारण विद्यार्थी संगठनहरूले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने मागसमेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भए पनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भइसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियूका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

सुझावित समाचार