रास्वपा केन्द्रीय सचिवालय बैठक सकियो, केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयकाे बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको हो। बैठकसम्बन्धी मिति र समय चाँडै नै जानकारी गराइने रास्वपाले जनाएको छ। 

यस्तै, बैठकले अघिल्लो बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन बारेमा जानकारी लिने र दिने र राष्ट्रिय राजनीतिबारे केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएका थिए। 

यस्तै, बैठकले राष्ट्रिय महाधिवेशनको तयारीबारे भइरहेको जानकारी लिने र दिने एवं संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारजीबाट जानकारी गराएका थिए। 

सुझावित समाचार