सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठुलो क्षति भएकाले क्षतिको तथ्यांक संकलन गरी संसदमा जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले किसानको बालीको बिमा गराउन मागसमेत गरे ।
सांसद रामहरि खतिवडाले सभामुखको दाहिनेतिर राखिएको क्यामेरा बिग्रिएकाले मर्मत गर्न माग गरे । सांसद मनीष झाले ०८० भदौ ५ गतदेखि झापाको सुरुंगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।
उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउनसमेत उनले माग गरे ।