टोखामा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

आइतबार, ३ चैत, २०८१
डिजिटल संस्करण

काठमाडौंको टोखामा शनिबार भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

टोखा नगरपालिका– १ फूलबारी गेटस्थित सडकमा बा.प्र ०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकलचालक सोही नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रान्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बा.प्र०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकलचालक प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। 
 

सुझावित समाचार