चौकीडाँडामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका– ३, चौकीडाँडामा स्कार्पियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा.१७च ९६४५ नम्बरको स्कारपियो शनिबार राति चौकीडाँडामा दुर्घटना भएको हो ।

स्कार्पियोचालक कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ बस्ने ३६ वर्षीय सुदीप रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए ।

प्रहरीका अनुसार स्कार्पियो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर दक्षिणमा रहेको एउटा पक्की घरको भित्तामा ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक रानालाई अत्तरियास्थित पद्मा अस्पताल र पछि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
 

सुझावित समाचार