सार्वजनिक पार्कको पोखरीमा डुबेर काठमाडौंको चन्द्रागिरिमा बालिकाको ज्यान गएको छ। चन्द्रागिरि नगरपालिका– ४ मा सल्यानको कालीमाटी गाउँपालिका– ४ स्थायी घर भएकी ५ वर्षीया बालिका पूर्णिमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ खेल्ने क्रममा बालिका पोखरीमा डुबेकोमा उद्धार गरेर बलम्बुस्थित एपिएफ अस्पतालमा लगिएकोमा त्यहाँ उनको मृत्यु भएको हो।