हिल्साको हिउँमा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

हुम्लाबाट चीनको  ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ ।

नाम्खा गाउँपालिका– ६ यारीबाट  ताक्लाकोट जान हिडेका ६ जना हुम्लाका नागरिक शनिबार सांझ  हिल्सा स्थित  नारालेकको हिउँमा फसेका थिए। उनीहरु  हिउँमा फसेको  खवर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट  (बिओपी) हिल्सा  र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनिहरुको उद्दार गरेको हो । बिओपीबाट करिब १० किलोमिटर पुर्ब दक्षिण तर्फ रहेको स्थान बाट राती ८ बजे उद्दार गरि उनिहरुलाइ हिल्सा तर्फ ल्याइएको सशस्त्र प्रहरीका शैलेन्द्र थापाले जानकारी दिए। 

सुझावित समाचार