बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका– २ बलातीका  ७० वर्षीय बोलीराम थारू  रहेका छन्।

बुधबार राति  करिब ११ बजे बारीमा गहुँ खान आएको  जंगली हात्ती  लखेट्न जाने क्रममा हात्तीको आक्रमणबाट थारूको मृत्यु भएको ठाकुरबाबा नगरपालिका– २ का वडाध्यक्ष कमल चपाईंले  बताए । हात्तीकाे आक्रमणबाट थारूको मृत्यु भएपछि स्थानीय त्रसित बनेका छन् ।

सुझावित समाचार