मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका– ४ जुरेलीका ३३ वर्षीय रूपक दियाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत जुरेली बजार क्षेत्रमा हात्तीसुँडेबाट ठुलोदमारतर्फ जाँदै गरेको बा.४०प ५३०६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलचालक दियाली गम्भीर घाइते भएका थिए ।
उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।