जोय स्टोरले माछापुच्छ्रे बैंकका कर्मचारी र गाहकलाई एप्पलका उत्पादनमा २० प्रतिशतसम्म छुट दिने

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

माछापुच्छ्रे बैंक र जोय स्टोरबिच आइफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद–बिक्री सम्बन्धमा छुट दिनेबारे सम्झौता भएको छ।

सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोडका प्रमुख निशेष केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरूले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनुपर्नेछ। सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलब्ध गराउनेछ।

सुझावित समाचार