‘हामी सक्छौँ भन्ने आत्मविश्वास लिएर देश विकासमा लाग्नुहोस् : प्रधानमन्त्री ओली

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले आत्मविश्वास बलियो बनाएर प्रगति भइरहेको देशलाई अझै प्रगतिको मार्गमा अगाडि बढाउन युवालाई आग्रह गरेका छन् । मंगलबार मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई कुलपतिको हैसियतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हामी गर्न सक्छौँ भन्ने आत्मविश्वास लिएर अगाडि बढ्यौँ भने देशलाई अझै प्रगति गरेर अगाडि बढाउन सकिन्छ ।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई भने, ‘गोठैगोठ भएको गोठगाउँलाई विश्वविद्यालयको केन्द्र बनाउन सफल भएका छौँ, यसमा हामी देशमा अझै धेरै प्रगति गर्न सक्छौँ भन्ने उदाहरण प्रस्ट भइसकेको छ, यसैले आत्मविश्वासी भएर तपाईंहरू देश बनाउने कार्यमा अगाडि बढनुहोस् ।’

कुलपति ओलीले कोशी प्रदेश पौराणिक कालदेखि नै ऋषिमुनी र भगवानहरूले शिक्षा लिएर दीक्षित लिएको प्रदेश हो भन्दै पूर्वाञ्चल विश्वविद्यालयबाट दीक्षा लिएका विद्यार्थीहरू देशका लागि सुयोग्य नागरिक बन्ने विश्वास व्यक्त्त गरे । यसैगरी, प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजलाई चाँडै व्यवस्थित रूपले सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि जनाए ।   

सुझावित समाचार