सरकारको छाया स्ववियु निर्वाचनमा नपरोस् : माधव सापकोटा

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन निष्पक्ष रूपमा हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले चैत ५ गते हुने निर्वाचनमा सरकारको छाया नपार्नसमेत आग्रह गरे  । 

‘आगामी ५ गते स्ववियु निर्वाचन हुँदै छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र सरकारको छाया नपर्ने गरी होस्,’ सापकोटाले भने, ‘यो वातावरण बनोस् । त्रिभुवन विश्वविद्यालयले कार्यसूची नफेरोस् । म यसमा सरकारको ध्यानाकर्षण गराउँछु ।’

सुझावित समाचार