‘प्रभाकरशमशेर दूरदर्शी उद्यमी’

व्यवसायमा सम्बन्धको दुरुपयोग गरेनन्, स्वस्थ रूपमा उद्यम गर्न सम्भव रहेको मान्यता स्थापित गरे

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) स्थापनाको ३०औँ वर्षको अवसर पारेर संस्थापक अध्यक्ष स्व. प्रभाकर एसजेबी राणाको योगदान र व्यक्तित्व स्मरण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर : लिडरसिप, भिजन एन्ड लेगेसी’ नामक कार्यक्रममा बोल्ने वक्ताहरूले उनी देशकै अग्रणी र दूरदर्शी व्यवसायी मात्र नभई स्वस्थ रूपमा पनि उद्यम गर्न सम्भव रहेको मान्यता स्थापित गर्ने व्यक्तित्व रहेको बताए । 

कार्यक्रममा स्व. राणाका छोरा सिद्धार्थ राणाले राजपरिवारसँग पारिवारिक निकटता भए पनि बुबाले आफूआबद्ध कुनै पनि व्यवसायमा कहिल्यै पनि आफ्नो सम्बन्ध, निकटता र विशेषाधिकारको दुरुपयोग गरेर गलत लाभ नलिएको बताए । सिद्धार्थ व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने व्यवसायीमा पर्छन् ।  

संघका अध्यक्ष सुनील केसीले प्रभाकार राणाले स्वस्थ रूपमा पनि उद्यम–व्यवसाय गर्न सम्भव रहेको मान्यता स्थापित गरेको बताए । संघकी निवर्तमान अध्यक्ष सिर्जना राणाले स्व. राणा देशकै अग्रणी तथा दूरदर्शी व्यवसायी रहेको बताइन् । प्रमुख वक्ता अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमूर्ति भेन्कटा सुब्रमन्यनले समावेशी विकास कठिन कार्य रहेको, तर भारतले पछिल्लो समयमा समावेशी रूपमा विकास हासिल गरिरहेको बताए । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले नेपाल र भारतबिचको व्यापार बढोत्तरीमा संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए । 

सुझावित समाचार