गोकर्णेश्वरमा महिलाको हत्या गरेर बोरामा शव फालियो, पाँचजना पक्राउ

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरेर बोरामा शव फालिएको छ। हत्याको आरोपमा प्रहरीले एक नाबालकसहित पाँचजनालाई पक्राउ गरेको छ। 

गोकर्णेश्वर वडा नम्बर ७ स्थित नामी कलेजको छेउमा रहेको बागमती खोलामा आइतबार बिहान बोरामा शव भेटिएको थियो। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। 

हत्याको आरोपमा प्रहरीले सर्लाहीका कैलाश खड्का, हेटौँडाका सुरेश तामाङ, नुवाकोटका रोशन तामाङ, सिन्धुपाल्चोककी पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो। उनीहरूले आपसी झगडा हुँदा ती महिलाको हत्या गरेको बताएका छन्। मृतक हेटौँडाको भन्ने खुलेको, तर नाम र वतन प्रस्ट भइनसकेको प्रहरीले जनाएको छ। मृतक करिब ३५ वर्षीय महिला भएको एसपी बोहराले बताए। पक्राउ परेका आरोपीहरू लागुऔषधका समेत दुर्व्यसनी भएको र टहरामा बस्दै आएका थिए। 

सुझावित समाचार