साढे दुई किलो लागुऔषध अफिमसहित एक व्यक्ति पक्राउ

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

मकवानपुर प्रहरीले साढे दुई किलोभन्दा बढी लागुऔषध अफिमसहित एकजना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका– ८ का ३२ वर्षीय राजकुमार तामाङ रहेका छन् । उनको साथबाट दुई किलो ५३० ग्राम लागुऔषध अफिम फेला परेको हो ।

प्रहरीले मनहरी– ८ स्थित भित्री सडक खण्डमा पर्ने देवकोटबाट मेनरोडतर्फ आउँदै गरेको समयमा तामाङलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

शंकाको भरमा तामाङ चढेको ग.६प ४५८४ न. को मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको लेगार्डमा प्लास्टिकभित्र लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध अफिम फेला परेको प्रवक्ता अर्यालले बताए ।

लागुऔषध अफिम तथा मोटरसाइकलसमेत बरामद गरी निज तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको उनले बताए । 

सुझावित समाचार