इतिहासमा आज

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

सन् १९४५ : अमेरिकी सेनाको वायुसेनाले टोकियोमा नेपल्मले बमबारी गर्यो, जसले गर्दा सहरको एकचौथाइ भाग ध्वस्त भयो र लगभग ८० हजार नागरिकको 
मृत्यु भयो ।

सन १७७६ : आदम स्मिथको अर्थशास्त्रसम्बन्धी प्रभावशाली पुस्तक ‘द वेल्थ अफ नेसन्स’ प्रकाशित ।

सन् १९१८ : रुसको बोल्सेभिक पार्टी कम्युनिस्ट पार्टी बन्यो ।

सन् १९५९ : बार्बी डलको बिक्री सुरु । बार्बी डल निर्माता अमेरिकी खेलौना कम्पनी म्याटेलका अनुसार उसले अहिलेसम्म एक अर्बभन्दा धेरै बार्बी डल बिक्री गरिसकेको छ ।

सन् १९६१ : चेर्नुस्का नामक एउटा कुकुर, गिनी पिग र भ्यागुता लिएर गएको सोभियत रुसको अन्तरिक्षयान स्पुतनिक–९ पृथ्वीको कक्षबाट फर्कियो ।

सन् १९७५ : इराकले विद्रोही कुद्रविरुद्ध आक्रामक हमला सुरु गर्यो ।

सन् १९७६ : इटलीमा इतिहासकै भयानक केबुलकार दुर्घटना । लठ्ठा चुँडिएर केबुलकार ५० मिटर तल जमिनमा बजारिँदा ४३ जनाको मृत्यु भएको थियो भने एक १४ वर्षे किशोरी मात्रै बाँच्न सफल भएकी थिइन् ।
 

सुझावित समाचार