समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको आयोजनामा शनिबार पुतलीसडकस्थित ट्याक्सी स्ट्यान्डमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको छ।

समृद्धि फाइनान्सले यसअघि आफ्नो इटहरी शाखा र जनकपुर शाखामार्फत् पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ। यस महिनाभर तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको फाइनान्सले जनाएको छ।

ग्राहकको हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिहरूमा संलग्न रहन प्रतिबद्ध रहेको भन्दै समृद्धि फाइनान्सले भविष्यमा पनि यस्ता कार्यक्रमहरूमार्फत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। फाइनान्सले आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्युआर कोड जस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ।

सुझावित समाचार