दुई वर्षअघि काठमाडौंको कालिमाटी प्रहरी चौकी नजिकैबाट चोरी भएको कामदेवको मूर्ति फेला परेको छ। विष्णुमती खोला सफा गर्ने क्रममा सो मूर्ति फेला परेको हो।
बहुमूल्य यो मूर्ति कसैले खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ। काठमाडौं महानगरको नगर प्रहरीले सरसफाइका क्रममा मूर्ति फेला पारेको हो। कामदेवको उक्त मूर्ति दुर्लभ मानिन्छ।
सम्पदाविद् यादवलाल कायस्थले अनेकौं प्रयास गर्दा नभेटिएको मूर्ति खोला सफा गर्ने क्रममा भेटिएको बताए। यो मूर्ति सयौँ वर्ष पुरानो हो।