थाइल्यान्डस्थित नेपाली दूतावासले प्रलोभनमा परी श्रम स्वीकृतिविना कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका मुलुक नआउन आग्रह गरेको छ।
आकर्षक रोजगारीको प्रलोभनमा पलाउ भन्ने देशमा पठाउन भारत हुँदै थाइल्यान्ड ल्याई अलपत्र पारिएका २० नेपालीलाई स्वदेश फिर्ता पठाएको जानकारी दिँदै दूतावासले कानुनविपरीत वैदेशिक रोजगारीमा नआउन अनुरोध गरेको हो।
दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान भनेको छ।
