जगन्नाथ गाउँपालिका जिल्लाकै पहिलो पालिका घाेषित

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे मूल्यांकनमा जगन्नाथ गाउँपालिका आर्थिक वर्ष ०७९/०८० मा जिल्लामा प्रथम भएकाे छ । मन्त्रालयले   प्रत्येक वर्ष स्थानीय तहको मूल्यांकन गर्न विभिन्न सूचकका आधारमा स्थानीय तह संस्थागत क्षमता मूल्यांकन (LISA) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) गर्ने व्यवस्थाअनुसार जगन्नाथ गाउँपालिकाआर्थिक वर्ष २०७९/०८० मा जिल्लामा प्रथम भएकाे हाे । त्यस्तै, साेही पालिकाले सुदूरपश्चिम प्रदेशमा तेस्रो स्थान ल्याएकाे छ। 

LISA & FRA मा राम्रो अंक ल्याएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  जगन्नाथ गाउँपालिकालगायत देशभरिबाट १० वटा स्थानीय तह छनाेट गरेर एसियाली विकास बैंक एडिबीकाे सहयोगमा स्थानीय तहको नीतिगत सुधारका लागि कर्मचारी, जनप्रतिनिधिको क्षमता विकास र नीति निर्माणका लागि विज्ञको प्राविधिक सहयोगमा नीति निर्माण गरिने भएको  जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । 

देशभरिमा १० वटा स्थानीय तहलाई नीति निर्माणमा नमुनाको रूपमा काम गर्नुका साथै विकासका काममा एडिबीको थप सहायता प्राप्त हुने  गाउँपालिका अध्यक्ष शाहीले बताए ।

सुझावित समाचार