बोहराको हत्या आरोपमा ससुरा–बुहारी पक्राउ

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

बन्द कोठाभित्र राधा बोहराको हत्या गरी बाहिरबाट ताला लगाएको हत्याको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका– १ का ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ वर्षीया  उमाकुमारी खत्रीलाई  प्रहरीले पक्राउ गरेको हो। 

भुरीगाउँ बजारनजिक रहेको आफ्नै घरमा गत फागुन ४ गते बोहराको शव फेला परेको थियो । प्रहरीले लास फेला पारेपछि घटनास्थलमा तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताए । हालसम्म लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको उनले बताए। 

हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट फागुन १५ गते पक्राउ पुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। 

मृतक बोहराको शव घरको सुत्ने कोठामा बाँसको खाँबाेमा बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाई अनुसन्धान सुरु गरेको थियो । 

See More On

सुझावित समाचार